निःसन्तान समस्याको कारण र उपचार

✍ बिप्लब पोख्रेल    1 year ago

कुनै गर्भनिरोधक साधनको प्रयोगविना विवाहित दम्पती दुई वर्ष नियमित सम्पर्कमा बस्दा पनि सन्तान नभएमा निःसन्तान समस्या भएको मानिन्छ । त्यस्तै, ३० देखि ३५ वर्षमाथिका विवाहित दम्पतीमा एक वर्षसम्म सन्तान नभएमा पनि यसलाई निःसन्तानको समस्या मानिन्छ । सन्तान हुने उमेर ढल्किसकेका दम्पतीमा समस्या देखिए,  ६ महिनादेखि एक वर्षभित्रमा चेकजाँच गर्नुपर्ने हुन्छ ।

नेपालमा निःसन्तान दम्पतीको संख्या उच्च छ । तर, निःसन्तान हुने समस्याबारे खासै अध्ययन भएको पाइँदैन । नेपालका अस्पतालको तथ्यांकका आधारमा गरिएको सर्वेक्षणनुसार विवाहित जनसंख्याको कम्तीमा १५ प्रतिशतमा निःसन्तानको समस्या छ ।

कारण 

  •  निःसन्तान दम्पतीको जनसंख्या उच्च हुनुमा विभिन्न कारण छन् । पुरुषको वीर्यमा शुक्राणुको संख्या या गतिमा कमी, वीर्यमा शुक्रकीट उत्पादन नहुनु, भए पनि संक्रमण हुनु, शुक्राणुको बनावटमा खराबी हुनु र शुक्रनलीको अन्य भागमा कुनै अवरोध आएमा निःसन्तानको समस्या हुने गर्छ ।
  •  त्यस्तै महिलामा अन्डाशयमा अन्डा नबन्ने, साना–साना डिम्ब नबन्ने, पाठेघरको नली बन्द भएमा, अन्डाशयमा पानी वा पिप जमेमा, पाठेघरको झिल्लीमा क्षयरोग, ट्युमर र अन्य रोगको संक्रमण भएमा र गर्भाशयको मुख सानो भई बच्चा उत्पादन नहुने आदि कारणले निःसन्तानको समस्या हुने गर्छ ।
  •  बढ्दो वैदेशिक रोजगारी पनि निःसन्तान समस्याको कारक बन्न पुगेको छ । युवाहरूले बढी समय विदेशमा बिताउने, बढी उमेरमा बिहे गर्ने भएकाले दम्पतीको प्रजनन स्वास्थ्यमा असर परिरहेको छ । यसबाहेक क्षयरोग पनि मुख्य कारक मानिन्छ ।

चेकजाँच र उपचार
कतिपयले अझै पनि निःसन्तान समस्यालाई भगवान्को श्राप भनेर बुझ्ने गरेका छन् । तर, निःसन्तान समस्या पूर्ण रूपमा शारीरिक समस्या हो, त्यसैले यो जाँच अनिवार्य गर्नुपर्छ ।  निःसन्तान समस्या भएका झन्डै ८५ प्रतिशतले सामान्य चेकजाँच र उपचारबाट समस्याको समाधान निकाल्न सक्छन् ।

रगत, वीर्य, एक्सरे तथा प्रजनन अंग परीक्षण गरी समस्या समाधानका लागि आइयुआई र इभिएफ प्रविधि अपनाएर उपचार गर्न सकिन्छ । बाँकी १५ प्रतिशतको हकमा शल्यक्रिया वा टेस्टट्युब प्रविधिबाट पनि सन्तान जन्माउन सकिन्छ । विदेशमा सरोगेसी प्रणालीबाट पनि निःसन्तान दम्पतीले सन्तान जन्माउने गरेका छन् ।

निःसन्तान दम्पतीले सधैँ महिनावारी भएको ७ देखि १० दिनभित्रमा चेकजाँच गर्नुपर्ने हुन्छ । यसो गर्दा कम समयमा धेरै चेकजाँच गर्न सम्भव हुन्छ ।