रोकिएन बसाइसराइः विकास गाउँमा, जनता सहरमा

✍ प्रदिप ढकाल    1 year ago

गाउँगाउँमा अधिकारसम्पन्न ‘सिंहदरबार’ पुगेको छ । जिल्लाको बजेट अर्बभन्दा बढी छ । स्थानीय जनप्रतिनिधि विकास निर्माणमा कम्मर कसेर लागेको बताउँछन् ।


विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीमा जनताको पहुँच पुग्दै छ । भौतिक पूर्वाधार धमाधम निर्माण हुन थालेको छ । तर गाउँलेले गाउँमा भविष्य देखेका छैनन । बसाइँ जाने क्रम तीव्र छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा केशर रोका र गंगा खड्काले लेखेका छन् ।