झाँक्रीले पेटमा प्वाल पारेर गरेको गलत उपचारपछि मृत्यु भएपनि प्रहरीले उजुरी लिन मानेन

✍ प्रदिप ढकाल    1 year ago

झाँक्रीले पेटमा प्वाल पारेर गरेको ‘गलत उपचार’ले ३९ वर्षीय राजु मगरको मृत्यु भएपनि प्रहरीले उजुरी लिन आनाकानी गरेको छ ।


दुई महिनादेखि जन्डिसले थला परेका राजुलाई मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने भन्दै झाँक्रीले पेट चिरेका थिए । उक्त घाउ निको नभएर झनै थलिएका राजुको सोमबार जिल्ला अस्पताल धादिङमै मृत्यु भएको थियो । राजुको शव जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । मंगलबारसम्म शव परिक्षण गरिएको छैन ।

लामा झाँक्रीविरुद्ध जाहेरी दिन गएका आफन्तजनलाई मंगलबार दिनभर प्रहरीले सबुत प्रमाणसहित आउन भनेपछि आफूहरु कागजपत्र मिलाउन लागेको मृतक राजुकी श्रीमती राधिकाले बताइन् । यो समाचार कान्तिपुर दैनिकमा हरिहरसिंह राठौरले लेखेका छन् ।