अनुदान लिएका १९ हजार बढीले अझै गरेनन् घर बनाउने सुरसार

✍ प्रदिप ढकाल    1 year ago

भक्तपुरमा निजी आवास पुननिर्मणका लागि अनुदान लिएका १९ हजार ८९७ लाभग्राहीले अझै घर बनाउने सुरसार गरेका छैनन् ।


राष्ट्रिय पुनःनिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुर(जिएमएएलआई)का अनुसार ३९ हजार १२८ लाभग्राहीमध्ये अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर ६४१ ले पुननिर्माण गरेका छैनन्  भूकम्पपीडित लाभग्राही सूचीमा परेका ४ हजार २५६ ले पुननिर्माणका लागि अनुदान सम्झौतासमेत गरेका छैनन् । यो समाचार कान्तिपुर दैनिकमा लीला श्रेष्ठले लेखेका छन् ।