अन्तराष्ट्रिय शिक्षा तथा साक्षरता दिवस २०७६ शुद्धोधन गाऊपालिका

✍ बिप्लब पोख्रेल    1 year ago

“ हामी सबैको प्रण ”
सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण भन्ने मुल नाराको साथमा ४० औं अन्तराष्ट्रिय शिक्षा तथा साक्षरता दिवस २०७६ सभ्य र भब्य तरिकाले शुद्धोधन गाऊपालिकामा सु–सम्पन्न भयो कार्यक्रमको अध्यक्षयता गाऊपालिका अध्यक्षय किसुनचन्द्र चौधरी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथी प्रदेश नं ५ का सांसद तुलसी प्रसाद चौधरी विशेष अतिथी जिल्ला शिक्षा समन्वय ईकाई रुपन्देही प्रमुख दिपेन्द्र ढकाल हुनुहुन्थ्यो ।


 

यसैगरि गाउँपालिका उपाध्यक्ष शाान्ता ज्ञवाली प्रमुख प्रसासकिय अधिकृत रोमनाथ न्यौपाने, शुद्धोधन गाउँपालिका सामाजिक विकाश समिति संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष राजेन्द्र कंडेल वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद वस्याल, यसैगरि समाजिक विकास उपसंयोजक उमाकान्त चापागाई शिक्षक महासंघ ५ नं. प्रदेश स–अध्यक्ष छवि पाण्डे लगायत कार्यपालिकाका सदस्यको उपस्थिती रहेको थियो ।

 


कार्यक्रममा शुद्धोधन गाउँपालिका प्रमूख प्रसासकिय अधिकृत रोमकान्त न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय इकाई रुपन्देहि प्रमूख दिपेन्द्र ढकालले उपस्थित शिक्षकलाई २ घण्टा स्कुल व्यवस्थापन र सिकाई सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । यस कार्यक्रममा गाउँपालिकाबाट १२ जना उत्कृष्ट विद्यार्थीलाई नगद ५,००० र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

 

यसै गरि गाउँपालिकाबाट ६ जना शिक्षकलाई पनि सम्मान गरिएको थियो । सामुदायिक विद्यालयबाट शँकर मा. वि. गाउँपालिका प्रथम र संस्थागत विद्यालयबाट लिटिल फलावर्स वोडिङ्ग स्कुल गाउँपालिका प्रथम भएका छन् ।
शुद्धोधन गाऊपालिकाका शिक्षा प्रमुख चन्द्रकान्त शर्माले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

पलपल अनलाईनका लागि प्रदेश–५ का प्रमुख संवाददाता सन्तोस पोख्रेल( Santosh.pkl ) ले तयार पारेको रिपोर्ट