मलेसियाको रोजगारी खुल्न अझै दुई महिना लाग्ने

✍ Admin    2 years ago


२४ पुस, काठमाडौं । मलेसियाले नेपाली कामदार आपूर्तिको समस्या समाधान हुन दुई महिना समय लाग्ने बताएको छ । विदेशी कामदार आपूर्तिबारे तयार गर्न लागिएको नयाँ प्रतिवेदन नआएसम्म नेपाली कामदार आपूर्ति गर्न नसकिने बताएको हो ।

विदेशी कामदार लिने सम्बन्धी नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको र सो प्रतिवेदन आएपछि नेपाली कामदार आपूर्ति सुरु हुने मानव संशाधन राज्यमन्त्री महफुज ओमारले बताएको द सन डेलीले लेखेको छ ।