यो हो विश्वमा सबैभन्दा धेरै रि-ट्वीट भएको ट्वीट

✍ Admin    2 years ago


एजेन्सी,जापानका अर्वपति युसाकु मेजावाले गरेको एउटा ट्वीटले विश्वमा अहिलेसम्मकै बढी रिट्वीट प्राप्त गरेको हो ।

उनको उक्त ट्वीट यो खबर तयार पार्दासम्म ४३ लाख पटक रि-ट्वीट गरिएको छ । यसअघि सबैभन्दा धेरै रि-ट्वीट गरिएको ट्वीटको रेकर्ड कार्टर विल्करसनको नाममा थियो । उनको ट्वीट झण्डै ३७ लाख पटक रि-ट्वीट भएको थियो ।

युसाकु जापानको सबैभनदा ठूलो अनलाइन फेसन रिटेलर जोजो टाउनका संस्थापक हुन् । उनले जनवरी ५ मा एउटा ट्वीट गरे जापानी भाषामा ।View image on Twitter

View image on Twitter

Yusaku Maezawa (MZ) 前澤友作@yousuck2020

ZOZOTOWN新春セールが史上最速で取扱高100億円を先ほど突破!!日頃の感謝を込め、僕個人から100名様に100万円【総額1億円のお年玉】を現金でプレゼントします。応募方法は、僕をフォローいただいた上、このツイートをRTするだけ。受付は1/7まで。当選者には僕から直接DMします! #月に行くならお年玉1.45M7:20 PM – Jan 5, 20195.74M people are talking about thisTwitter Ads info and privacy

त्यसमा लेखिएको थियो, जोजो टाउनको नयाँ वर्षको सेल इतिहासकै सबैभन्दा तिव्र रहेको छ र अहिलेसम्म हामीले १० बिलियन येनको सामान बेचेका छौँ । यसका लागि आभार व्यक्त गर्दै तपाइँमध्ये एकसय जना व्यक्तिलाई १ सय मिलियन येन नगद दिनेछु । आवेदन गर्नका लागि मेरो ह्याण्डल फलो गर्नुस् र यो ट्वीटलाई रिटि्वट गर्नुस् ।’

१ सय मिलियन पुरस्कार पाउने भनेपछि मानिसहरु उनको ट्वीटलाई रिट्वीट गर्न तछाड मछाड गरेका छन् । जसका कारण त्यो टुवीट अहिलेसम्म ४३ लाख जनाले रिट्वीट गरिसकेका छन् । साथै ११ लाखले लाइक तथा पौने तीन लाखले कमेन्ट गरेका छन् ।

स्मरण रहोस् युसाकु उनै व्यक्ति हुन् जसले सन् २०२३ मा चन्द्रमामा जाने योजना बनाएका छन् ।

यसअघि एउटा ट्वीटमा सबैभन्दा धेरै रिट्वीट पाउने व्यक्ति कार्टर विल्करसनको नाममा थियो । कार्टरको फूड चेन कम्पनी वेन्डीलाई मेन्सन गर्दै गरेको ट्वीट झण्डै ३७ लाख पटक रि ट्वीट गरिएकेा थियो ।View image on Twitter

View image on Twitter

Carter Wilkerson@carterjwm

HELP ME PLEASE. A MAN NEEDS HIS NUGGS991K8:23 AM – Apr 6, 20173.59M people are talking about thisTwitter Ads info and privacy

कार्टरले ट्वीटमा वेन्डीसँग सोधेका थिए कि १ वर्षका लागि सित्तैमा चिकेन नगेट खानका लागि कतिपटक रि ट्वीट गर्नुपला ? ट्वीटको जवाफमा कम्पनीले १८ मिलियन अर्थात् १ करोड ८० लाख पटक रि ट्वीटको माग गर्यो । तर अहिलेसम्म त्यो संख्या पुगेको छैन । जम्मा ३७ लाख मात्रले अहिलेसम्म उनको ट्वीट रिट्वीट गरेका छन् ।