गुल्मी दरबार गाँउपालिका सिंचाई पानी लिफ्टिङ योजना सम्पन्न..

✍ नारायण पोख्रेल    1 year ago

सिंचाई पानी लिफ्टिङ कार्यक्रममा गुल्मी दरबार गाँउपालिका वडा नं. १ शिबपुरीमा शिबपुरी लिफ्टिङ सिंचाई उत्पादन कार्यक्रम आज एक कार्यक्रमका बिच सम्पन्न गरियो । करिब आठ लाख लागत र स्थानियको श्रमदानमा सम्पन्न भएको उक्त योजना तिस हेक्टर बढि जमिनमा फैलिएको छ र त्यसबाट सयौं कृषकहरु लाभान्दित हुनेछन् र आपतकालिन अवस्था टारी लगायतका कृषकहरुले पनि प्रयोग गर्न सक्नेछन् ।


योजना अध्क्षय राजेन्द्र कंडेल, प्रमूख अतिथी गुल्मी दरबार गाँउपालिका अध्क्षय अशोक कुमार थापा, विशिष्ट अतिथी गाँउपालिका उपाध्क्षय मिना भण्डारी, विशेष अतिथी वडा नं. १ का अध्क्षय राम बहादुर पल्ली, अतिथी वडा सदस्य सारदा गौतम, नेपाली काग्रेस वडा कार्य समिती सभापति प्रेम पुन, दरबार गाँउपालिका योजनाकार सहायक प्रकाश थापा समाजसेवी डील्लीराज गौतम, थानिस्वर गौतम, ज्ञनोदय मा. वि. व्यवस्थापन समिति सदस्य तेजेन्द्र श्रेष्ठ, नरहरि कण्डेल मा. वि. का प्रध्नाध्यापक रुपेन्द्र श्रेष्ठ, ४ नं. विधुत लोडसेन्टरका अध्क्षय बिष्णु प्रसाद पोखरेल त्यस्तै समाजसेवी शिब गौतम, नारद कण्डेल, यदुनाथ पोख्रेल, ईश्वरी कण्डेल लगायतको उपस्थिती रहेको कार्यक्रम संचालन नरहरि कण्डेल मा. वि. का शिक्षक सुरेश कण्डेलले संचालनमा विष्णु कंडेलको स्वागत मन्तब्य रहेको त्यहाँ स्थित हाम्रा प्रदेश नं. ५का संवाददाता सन्तोष पोख्रेलले जानकारी दिनुभयो ।