अभिभावक महासंघको शिक्षा क्षेत्रमा भूमिका

✍ प्रदिप ढकाल    1 year ago

सन्तोष पोख्रेलले अभिभावक महासंघ प्रदेश नं. ५ का अध्यक्ष श्री हेमबहादुर थापासंग विद्यालय शिक्षामा अभिभावकको भूमिका विषयमा गरिएको संवाद :


पोखरेल ः अभिभावक महासंघको शिक्षा क्षेत्रमा भूमिका के रहेको छ ?
थापा ः पहिलो, शिक्षा क्षेत्रमा विद्यमान विकृति, विसंगति, अराजकता तथा अशान्तिलाई हटाउन सरकार तथा अभिभावककाबीच सहजीकरण गर्ने मुख्य भूमिका हो ।
दोस्रो, शिक्षामा बढ्दो चर्को व्यापारीकरण तथा राजनीतिकरणलाई अन्त्य गर्दै सरोकारवालाको भूमिका तथा जिम्मेवारीलाई शसक्त बनाउँने भूमिका हो ।
तेस्रो, शिक्षा पद्धतिलाई गुणस्तरीय तथा जीवनोपयोगी बनाउँन व्यवहारिक उपायको खोजी गर्ने तथा सिकाइलाई सहज र सरल बनाउन सहकार्य गर्ने अभिभारा हो ।
यी सबै पक्षमा भूमिका खेल्दै राष्ट्रको उन्नति र प्रगतिको भरपर्दो पूर्वाधारको जिम्मेवार निकाय बन्न चाहिँरहेका छौँ । यसर्थ विद्यालय शिक्षालाई गुणात्मक बनाउन संगठित रुपमा सशक्त, रचनात्मक एवं सिर्जनात्मक बनाउने अभियान नेै नेपाल अभिभावक महासंघको मुख्य भूमिका हो भन्न सकिन्छ ।
त्यसै गरी अभिभावकहरुका जायज तथा यथार्थपरक तथ्यपूर्ण अपेक्षाहरुको सुनुवाइ गर्नु र त्यसको परिपूर्तिकालागि कानुनी र दवावमूलक काम गर्नु पनि अभिभावक महासंघको मुख्य दायित्व हो ।
समग्रमा अभिभावकको चाह्ना बमोजिम समाज, देश र विश्वको हितको रक्षा गर्ने योजना बनाउने र त्यस अनुरुप सरकार, शिक्षक र विद्यार्थीहरूलाई परिचालन गर्न तिनका बिच समन्वय कायम गर्न पहल गर्नु अर्को कर्तव्य हो । तसर्थ शिक्षा क्षेत्रका सही र व्यवहारिक नीतिलाई कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्ने तथा गलत नीति र व्यवहारलाई सच्चाउन सचेत गराउने र आवश्यक परेका दवाव दिने कार्य नै हाम्रो मुख्य भूमिका हो ।

 

पोखरेल ः अभिभावक महासंघ गठनको वैधानिकता के हो ?
थापा ः २०५१ साल चैत्र १० गते गठन भई २०५२ वैशाख १७ गते अभिभावक संध नेपाल र २०५८ सालमा स्थापित भई २०५९ साल मंसिर २६ गते नेपाल राष्ट्रिय अभिभावक संघ नेपाल सरकारको संघसंस्था ऐन बमोजिम दर्ता भई क्रियाशील थिए । यी दुवै संघ आ–आफ्ना विधान अनुरूप स्वतन्त्र रुपमा संचालन हुँदै र आवश्यकतानुसार सहकार्य पनि गर्दै आएका छन् । दुवैलाई नेपाल सरकारको शिक्षा ऐन नियमले मान्यता प्रदान गरी शिक्षा मन्त्रालयसँग सहकार्य गर्दै आइरहेका छन् । दुवै संघका आधारभूत उद्देश्य र भूमिका समान छन् । समान उद्देश्य लिएर अगाडि बढिरहेका संस्थाहरु छुट्टाछुट्टैभन्दा एकै ठाउँवाट अभियान संचालन गर्दा उद्देश्य प्राप्ति गर्न सहज, सरल र छिटो हुने हँुदा यी दुई संघको संयुक्त पहलमा कानुनी रुपमा नै एकीकृत महासंघ गठन भएको र क्रियाशील छ ।

 

पोखरेलः अभिभावक महासंघले विद्यालय र अभिभावकलाई कसरी जोड्ने गरेको छ ?
थापा ः  . कनै पनि बालबालिका शिक्षाको अवसरवाट बन्चित नहोऊन् भनी विद्यार्थी भर्ना अभियानमा सहजीकरण गर्ने गरेको छ ।

. बालबालिकाहरुलाई घरपरिवारभित्रैबाट सु संस्कार सिकाउनु पर्दछ भनी कुलत तथा सुर्तीजन्यपदार्थबाट टाढा राख्न विभिन्न कार्यक्रमहरू संचालन गर्ने गरिएको छ ।
३. विषयगत संघमा आबध्द गरेर विभिन्न भेला बैठक, समारोहमा सहभागी हुन उत्प्रेरित गर्ने गरको छ ।
. विद्यालय र अभिभावक बिचमा रहेका असमझदारी,समस्याहरुलाई र व्यवहारिक, कानुनी या हरेक सकारात्मक पक्षहरुका बिचमा समन्वयकारी भूमिका निर्वाह गरी जोड्ने गरेका छौ ।

 

पोखरेल ः प्रदेश नं. ५ मा विद्यालय स्तरमा मूलभूत समस्याहरु केके छन् ?
थापा ः सामुदायिक विद्यालयमा राजनैतिक प्रभाव तथा हस्तक्षेप धेरै उच्च छ । पर्याप्त भौतिक पूर्वाधारको अभाव, यथेष्ट शैक्षिक सामग्रीको अपर्याप्तता, विज्ञान प्रयोगशालाको यथोचित व्यवस्था र प्रयोगको अभाव, खेलमैदान, कतै कमी छ त कतै प्रयोगमा कमी छ ।
संस्थागत एवं सामुदायिक दुवैमा अव्यवस्थित भर्ना शुल्क लिने तथा मासिक वा विविध शुल्क लिने पद्धति बढेको छ । कतिपय सामुदायिक विद्यालयहरु झन राम्रा मध्यका गनिन्छन तर त्यहाँ पनि भर्नामा धेरै समस्या छ । धेरै टाढा टाढाबाट यातायात सुविधा लिने र गाडी चढेर आउने मौका पाउने विद्यार्थीहरु सामुदायिक विद्यालयहरुमा विकास भएको छैन । त्यसरी नै सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको समग्र सेट समयमै उपलब्ध नहुने समस्या छ । संस्थागत विद्यालयमा तालीम शिक्षकको उपल्ब्धता छैन भने सामुदायिकमा तालीम प्राप्त भएर पनि कक्षा कोठामा प्रयोगमा आएको छैन र सिकाइ प्रभावकारी हुन नसकेको गुनासो सुनिन्छ ।
एकातिर विद्यालय समयमा ट्राफिक जाम हुने, विद्यालयका गाडीहरु समयमा विद्यालयमा पुग्न नसक्ने तथा सिट संख्या भन्दा बढी विद्यार्थीहरु गाडीमा राखिने पद्धतिमा सुधार आएको छैन । प्रायः गाडीमा तालीम प्राप्त सहचालकको अभाब तथा विद्यार्थी र अभिभावकसंग कसरी व्यवहार गर्नु पर्दछ भन्ने, सचेतना अभाव हुँदा उक्त कार्यक्रमको व्यवस्थापन नहुनु पनि समस्या बनिरहेको छ

 

पोखरेल ः रूपन्देहीको शिक्षाको गुणस्तर अवस्था के छ ?
थापा ः सामान्यतया रूपन्देही जिल्ला शैक्षिक गुणस्तरको हिसावले मोसफलको राजधानी नै मानिन्छ । भन्नुको अर्थ, अन्य जिल्लाको तुलनामा धेरै राम्रो मानिन्छ । यहाँका केही निजी विद्यालय र केही सामुदायिक विद्यालयहरु राष्ट्रिय रूपमै आफूलाई अब्बल दर्जामा राख्न सफल पाइन्छन् । यद्यपि शहर केन्द्रित विद्यालयहरु जति राम्रा र प्रतिस्पर्धी छन् त्यति ग्रामीण क्षेत्रका विद्यालयहरुको गुणस्तर तथा सिकाइस्तर त्यस्तो राम्रो पाउन सकिदँैन । यसर्थ अबका दिनमा पक्कै पनि समग्र जिल्लाभर गुणस्तरमा एकरुपता तथा समानता कायम हुने दृढ संकल्प गरेर सरोकारवाला सबै लाग्नु पर्ने देखिन्छ ।

 

पोखरेल ः सामुदायिक विद्यालय सुदृढीकरण गर्न के गनुपर्छ ?
थापाः नियमित रुपमा सम्बन्धित निकायवाट अनुगमन, आवश्यक प्राविधिक तथा पेसागत पृष्ठपोषण निरन्तर उपलब्ध हुनुको साथै राजनैतिक प्रभाव मुक्त बनाउनुपर्ने हुन्छ । स्रोत साधनको उचित व्यवस्थापन गरी समुदायप्रति लक्षित कार्यक्रमहरु विद्यालयले दिनुपर्ने हुन सक्छ ।

 

पोखरेल ः निजी र सामुदायिक विद्यालयबीच के फरक छ र किन दुरी बढ्दो छ ? समस्या के के छन् ?
थापा ः सामुदायिक विद्यालयमा प्रशासनिक नेतृत्व र व्यवस्थापन निजीको तुलनामा नियमित देखिदैँन । निजीमा व्यक्गित लगानी हुनाले त्यसमा धेरै खट्ने र मेहनत हुन्छ भने सरकारीमा जागिरको डर हँुदैन र निजीमा जागीरको उच्च डर हुन्छ । अर्कोतर्फ सामुदायिक विद्यालयमा राजनैतिक प्रभाव उच्च हुन्छ । निजी विद्यालयमा प्रत्यक्ष शुल्क तिरेको कारण अभिभावकहरु अलिक बढी सक्रिय हुन्छन् । सामुदायिक विद्यालयका अभिभावकहरु प्रायः निष्कृय नै हुन्छन । निजी विद्यालयका शिक्षकका लागि तालीमको व्यवस्था हँुदैन र कुनै पूर्नतार्जगी तालिमसमेत छैन । तर सामुदायिक विद्यालयमा तलव भत्ता, सेवा सुविधा राम्रो हुन्छ र शिक्षकका लागि तालीमको व्यवस्था छ र सबै विषयमा पूर्नतार्जगी तालिमसमेतको प्रबन्ध हुन्छ तापनि तुलनात्मक रूपमा सेवासुविधा गुणात्मक छैन भन्ने गुनासो निरन्तर सुनिन्छ ।

 

पोखरेल ः अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
थापा ः शिक्षण पेशालाई सबैको एक नम्बरको रोजाईमा लैजानु आवश्यक छ । नेपालमा जागिर खोज्दा सवैभन्दा पहिला शिक्षक वन्ने प्रयास गरुन् । यसमा नसक्ने भएमात्र निजामति प्रहरी, आमीर्, व्यापारी बनून् र विदेश इत्यादिमा जाऊन् भन्ने आमूल परिवर्तित मानसिकताको खाँचो छ । यसका लागी राज्य आफैँ गम्भीर भएर दिर्घकालीन योजनाकासाथ अगाडि बढ्नु पर्दछ । अनिमात्र सम्वृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुन सक्ला ?