निर्मलाका बुवा यज्ञराजले आमा दुर्गालाई कुटे !

✍ Admin    2 years ago


महेन्द्रनगर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेविलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरेको राहात रकम लिन तयार र डिएनए परिक्षणका लागि रगतको नमुना दिएको भन्दै यज्ञराजले बिहिवार कुटपिट गरेको दुर्गादेविले बताएकी छन् ।

भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा बिहीबार बिहान खाना बनाइरहेको बेलामा एक्कासी आएर यज्ञराजले कुटपिट गरेको दुर्गादेविले बताईन । उनले भनिन, ‘दुवै छोरी स्कुल गएका थिए, म भान्साका भात पकाईरहेकी थिएँ, यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गर्यो ।’

कुटपिट गर्न थालेपछि आफु बाहिर आएको उनले बताईन् । उनका अनुसार अरुको इसारामा चल्ने भन्दै दुर्गाका कपाल तानतुन गरेर गाली गर्दै कुटपिट गरेका थिए । निर्मलाका बाबु यज्ञराज र कान्छी आमा लक्ष्मीले घरपरिवारसंग सल्लाह नै नगरि अरुले उस्काएको भरमा रगत दिएको र राहत बुझ्न राजी भएको आरोप लगाएका छन् ।

तर, निर्मलाकी आमा दुर्गाले न्यायको लागि पर्खिदा पर्खिदा दुई छोरीमाथी पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्न तयार भएको बताएकी छन् । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।