जापानका विदेशमन्त्री कोनोले भेटे प्रधानमन्त्री, राष्ट्रपतिलाई पनि भेट्दै

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौं– नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज बिहान बालुवाटारमा भएको भेटका क्रममा आपसी हितका सन्दर्भमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

विदेशमन्त्री तारोले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

विदेशमन्त्री तारोले हिजो समकक्षी प्रदीप ज्ञवालीसँगको भेटवार्ता गरेका थिए । सो क्रममा जापानसँगको सिधा हवाई उडानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । 

बुधबार काठमाडौं आएका तारो बिहीबार जापान फर्कने परराष्ट्रमन्त्रालयले जनाएको छ ।