‘आत्महत्या दुरुत्साहन’ मुद्दाका अभियुक्त रवि लामिछानेको बयान सोमबार

✍ प्रदिप ढकाल    1 year ago

काठमाडौँ — ‘आत्महत्या दुरुत्साहन’ मुद्दाका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको बयान सोमबार हुने भएको छ । तीनमध्ये एक अभियुक्त अस्मिता कार्कीको बयान आइतबार सकिएको छ । उनको जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान भएको थियो ।


लामिछाने र कँडेलको बयान भने समय नपुगेकोले सोमबारलाई सरेको अदालतले जनाएको छ। बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ।