रवि लामिछानेसहित ३ जना विरुद्ध ‘आत्महत्या दुरुत्साहन’ को मुद्दा, अभियुक्तहरुको बयान सुरु [अपडेट]

✍ प्रदिप ढकाल    1 year ago

चितवन — पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको छ । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि आइतबार मुद्दा दायर गरिएको जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।


गिरिका अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा अभियुक्तहरुको बयान सुरु भएको छ। बयान सकिएपछि थुनछेक बहस सुरु हुने उनले बताए। जिल्ला प्रहरी कार्यालय चितवनलेअनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार दिउँसो बुझाएको थियो।