‘सिइओ’ आचार्य बालकृष्ण अस्पताल भर्ना, पतञ्जली आयुर्वेद

✍ प्रदिप ढकाल    1 year ago

काठमाडौं । पतञ्जली आयुर्वेदका ‘सिइओ’ आचार्य बालकृष्ण अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।


पतञ्जली योगपीठका बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको हो ।स्वास्थ्यमा समस्या आएपछि बालकृष्णलाई पहिला पतञ्जली योगपीठ नजिकै रहेको भुमानन्द अस्पतालमा भर्ना गरिएपनि त्यहाँ उपचार हुन नसकेपछि उक्त अस्पतालका डाक्टरले उनलाई ऋषीकेशस्थित एम्सका लागि रिफर गरेका हुन् ।

बालकृष्ण अहिले कसैलाई पनि चिन्न सक्ने र बोल्न सक्ने अवस्थामा छैनन् । उनको अवस्था सामान्य हुन केहीसमय लाग्ने अस्पतालले जनाएको छ ।एम्सले जारी गरेको आचार्य बालकृष्णको हेल्थ बुलेटिन अनुसार स्थानीय समय अनुसार पौने पाँच बजे उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदा उनी बेहोस अवस्थामा थिए ।
बालकृष्णको आईसीयूमा राखेर उपचार भइरहेको छ ।