देशमा दिनमै १५ आत्महत्या

✍ प्रदिप ढकाल    1 year ago

देशमा आत्माहत्याको ग्राफ बढ्दो छ । हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढिरहेको देखिन्छ ।


प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर १५ लेपालीले आत्महत्या गर्ने गरेका छन् पछिल्ला ४ वर्षमा मुलुकभर २० हजार ६७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । यो संख्या अपराधिक क्रियाकलापबाट हुने कुल मृत्युको ४५ प्रतिशत हो । कोही प्रेममा धोका पाएको पीडा सहन नसकेर झुन्डिएका छन् भने कसैले भ्रष्टाचार आरोप खेप्न नसकेर पनि विष सेवन गरेका छन् ।