रवि समर्थक २२ पक्राउ, ४ धरौटीमा रिहा : पत्रकार पुडासैनी आत्महत्या प्रकरण

✍ प्रदिप ढकाल    1 year ago

चितवन  पत्रकार पुडासैनी आत्महत्या प्रकरण आत्माहत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रर्दशनमा उत्रेकामध्य हालसम्म २२ जना गिरफ्तार भएका छन् ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार ती मध्य चारजना धरौटीमा छुटेका छन् १८ जनालाई अनुसन्धान गर्न प्रहरीले हिरासतमा राखेको छ । रविलाई तत्काल रिहा गर्नुपर्ने माग राखेर साउन ३१ गते शुक्रवार देखि हरेक दिन प्रर्दशन हुने गरेको छ । प्रहरीले साउन ३२ गते चारजनालाई समाएको थियो भदौ २ गते १० जना पक्राउ परे । मंगलबार रवि सहित ३ जनालाई अनुसन्धानको लागि म्याद थप गर्न अदालत लैजाने दिन थियो । त्यो दिन प्रर्दशनमा उत्रिएका ८ जना समातिए ।