४०० परिवारको खानेपानी आपूर्ति बन्द : न्सफर्मरको सामान चोरी

✍ प्रदिप ढकाल    1 year ago

रामेछापको भीरपानीमा खानेपानी आयोजनाको लिफ्टका लागि जडान गरिएको विद्युत् ट्रन्सफर्मरका समान चारि भएपछि स्थानीयको घरमा खानेपानी आपूर्ति बन्द भएको छ ।


संघीय खानेपाली तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर सीताराम यादवका अनुसार उक्त आयोजनाबाट ४०० परिवारलाई खानेपानी आपूर्ति हुँदै आएको थियो । गत राति विद्युत् आपूर्ति भएकै बेला ट्रन्सफर्मरका सामग्री चोरी भएको हो । उक्त ट्रन्सफर्मर झण्डै छ महिनाअघि मात्र खानेपानी आयोजनाअन्तर्गत जडान गरिएको थियो  । यो समाचार कान्तिपुर दैनिकमा छ ।