थप ५ दिन हिरासतमा रवि लामिछानेसहित ३ जना : पत्रकार पुडासैनी आत्महत्या प्रकरण

✍ प्रदिप ढकाल    1 year ago

चितवन — आत्महत्या दुरुत्साहन आरोपमा गिरफ्तार भएका टिभी कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जना थप ५ दिन चितवन प्रहरीको हिरासतमा बस्ने भएका छन् ।


चितवन — आत्महत्या दुरुत्साहन आरोपमा गिरफ्तार भएका टिभी कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जना थप ५ दिन चितवन प्रहरीको हिरासतमा बस्ने भएका छन् ।



साउन २० गते नारायणगढको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनीहरु बिहीबार राति काठमाडौंमा समातिएका थिए । यसअघि शुक्रबार प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिनका लागि अदालत समक्ष पेस गरेको थियो । त्यो दिन पनि पाँच दिनको म्याद पाएको थियो । जुन म्याद सोमबार सकिएको थियो । अनुसन्धान नसकिएको भन्दै प्रहरीले मंगलबार म्याद थपका लागि अदालत लगेको थियो । १० दिन म्याद थपको माग गरे पनि पाँच दिनमात्रै थप भएको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।