५ महिना नबित्दै नेकपा र समाजवादीबीच चिसियो सम्बन्ध

✍ प्रदिप ढकाल    1 year ago

सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध चिसिन थालेको छ ।


समाजवादी पार्टीका नेताहरु लामो समयसम्म पनि संविधान संसोधन प्रक्रिया अघि नबढाएकोमा सरकारले नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन् । सरकारसँग दुईबुँदे सहमति गरी २०७५  जेठ २२ गते समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) सरकारमा गएको थियो । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।