गुल्मी सत्यवतीका पीडितलाई लिम्घा रुपन्देही समाजको राहत सहयोग (फोटोसहित)

✍ प्रदिप ढकाल    1 year ago

बुटवल, ३० साउन । गुल्मी, सत्यवती गाउँपालिकाको वडा नम्वर ४ लिम्घा र वडा नम्वर ३ ठूलोलुम्पेकमा श्रावणमा गएको पहिरोबाट प्रभाबितहरुलाइ राहत तथा पुनस्र्थापनाका लागि रुपन्देहीमा रहेकाहरुको पहलमा बिभिन्न संघ संस्थाहरुबाट सहयोग जुटाएर सत्यवत्ीमा हस्तान्तरण गरेका छन । बुटवलमा रहेका पूर्व लिम्घेलीहरुको अगुवाइमा रुपन्देही स्थित विभिन्न ब्यक्ति तथा संघसंस्थाहरुबाट पहिरो प्रभावित परिवारको राहत तथा पुनस्र्थापनाका लागि संकलन गरिएको राहत रकम तथा जिन्सी सामग्री प्रभावित क्षेत्रमा नै पुगेर गाउँपालिका, सम्वन्धित वडा तथा पीडित परिवारलाई प्रदान गरिएको छ ।


यो बर्षकै देशमा सबैभन्दा वढी मानवीय र भौतिक क्षति भएको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलोलुम्पेकको पिडामा धेरै क्षेत्रबाट मलम पट्टी लगाउने काम भएको छ, गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । सबै क्षेत्रको सहयोग र सद्भावबाट पहिरो प्रभावित जनताहरुलाई तत्काल आवश्यक राहतको प्रवन्ध गर्न सहज भएको अध्यक्षको भनाइ रह्यो । अहिलेको मुख्य चुनौती पहिरोवाट विस्थापित परिवारलाई सुरक्षित ठाउंँमा कसरी पुनस्र्थापन गर्ने भन्ने हो । यसतर्फ गाउँपालिकाको पूरा ध्यान केन्द्रित गरिएको छ, अध्यक्षले दावी गरेका छन् ।

देशभित्रका अन्य संघसंस्थाले झैँ लिम्घा रुपन्देही सम्पर्क समाज बुटवलले पनि ८ लाख बढी आर्थिक सहयोग सत्यवतीका पहिरो प्रभावित जनतालाइ प्रदान गरेको छ । सम्पर्क समाजका अध्यक्ष परमानन्द भट्टराई र सल्लाहकार लोकनाथ उपाध्यायको नेतृत्वमा बुधबार पहिरो प्रभावित लिम्घामा पुगेको टोलीले एक कार्यक्रमका बिच सत्यवती गाउँपालिका ४ लिम्घाका वडा अध्यक्ष दान बहादुर रानालाई विभिन्न क्षेत्रबाट संकलित ८ लाख २९ हजार नगद हस्तान्तरण गरेको हो ।
राहत रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष भट्टराई, सल्लाहकार उपाध्याय, सचिव खिमानन्द भट्टराई, कोषाध्यक्ष प्रेमनिधि ज्ञवाली, सदस्य बाबुराम पौडेल, भोजराज पौडेल, सुरज रानालगायतले बोल्दै विभिन्न क्षेत्रबाट संकलन भएको राहत रकम र सामग्री वास्तविक पीडित घर परिवारको राहत र पुनस्र्थापनामा खर्च गर्न र दुरुपयोग नगर्न आग्रह गरियो ।

 

सोही कार्यक्रममा रुपन्देहीको सैनामैना नगरपालिकाका उपप्रमुख बिना राना र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले पनि सम्पर्क समाजको समन्वयमा नगरपालिकाको तर्फवाट लिम्घा र लुम्पेकका पहिरो पीडितको सहयोगार्थ रु १ लाख आर्थिक सहयोग प्रदान गरेको समाचार छ ।
सहयोग रकम हस्तान्तरण गर्दै उपप्रमुख राना र कार्यकारी प्रमुख भण्डारीले एक पालिकालाई परेको दुखमा एक्यवद्धता जाहेर गर्नु र सान्त्वना प्रकट गर्नु अर्र्काे पालिकाको मानवीय दायित्व र ठूलो धर्म हो भन्नु हु्ँदै सहयोग रकमको सही सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

 

लिम्घा रुपन्देही सम्पर्क समाजले तामनगर, तिलोत्तमा, सैनामैनाको मुर्गिया, सालझण्डी र लुम्विनी प्रादेशिक अस्पताल,बुटवल लक्ष्मीनगर लगायतका क्षेत्रमा पहिरो पीडित क्षेत्रका जनताको सहयोगका लागि सहयोग संकलन गरेको थियो । जस अनुसार सैनामैना नगरपालिका १ लाख, सैनामैना नगर क्षेत्रमा १ लाख २५ हजार ५८, लुम्विनी प्रादेशिक अस्पतालका कर्मचारीबाट ६५ हजार, न्यू होराइजन विद्यालय परिवारवाट १ लाख १० हजार र बुटवल तामनगर क्षेत्रबाट १ लाख १ हजार १११ जम्मा भएको समाजका सचिव खिमानन्द भट्टराईले जानकारी दिनुभयो । यस्तै सिद्धार्थ मेमोरियल एकेडेमी र गोल्डेन फ्यूचर स्कूलवाट ८० हजार, शँकरनगर सामुदायिक बनबाट २५ हजार, रोट्रयाक्ट क्लव सैनामैनाबाट २५ हजार, बुटवल नापी कार्यालय कर्मचारीबाट ३० हजार, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनवाट १० हजार, रुद्र प्रसाद भट्टराईबाट १० हजार सहित बुटवल नगर क्षेत्रबाट १ लाख ७३ हजार ७४० आर्थिक संकलन गरिएको थियो ।
लिम्घा रुपन्देही सम्पर्क समाज र सैनामैना नगरपालिकाले गरेको सहयोग ग्रहण गर्दै लिम्घा बाढी पहिरो राहत कोष संकलन समितिका संयोजक तथा सत्यवती ४ का वडाध्यक्ष दान बहादुर रानाले सहयोग दाताहरुलाई धन्यवाद ज्ञापन