जिप घरभित्रै छिरेपछि…

✍ प्रदिप ढकाल    1 year ago

कुश्मा नगरपालिका–९ कटुवाचौपारीको साइकलचोकका बासिन्दा सधैंजस्तै बजारको मुख्य चोकमा गफिइरहेका थिए । हरेक दिनजसो सानातिना घटना भइरहने कटुवाचौपारीमा तिनै घटनाका विषय चिया गफमा मसला बन्थे ।


साइकलचोक मुख्य बजारको बीचमा ग३च ४३ नम्बरको महिन्द्रा जिप घरभित्रै छिर्दा भित्र बसिरहेकी सीता लम्साल बेहोस भइन् । तत्काल अस्पताल पुर्‍याइएकी उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । जिपका कारण अरू ठूलो मानवीय क्षति भने हुन पाएन ।

बजारमा लहरै लागेका अस्थायी छाप्राभित्र एउटा सटरभित्र जिप छिर्दा चारवटा छाप्रामा क्षति पुगेको छ । क्षति नजिकैका मधु पौडेलको स्टेसनरी, सम्झना परियारको सिलाइकटाइ, दीपा कँडेलको फलफूल तथा किराना पसलको छानो भत्किएको छ । लम्सालको पसलभित्रै छिरेको जिपले पसलभित्रका सरसामान नष्ट गरेको छ ।

स्थानीय ढाकाराम गौतम (सन्देश) ले चलाएको जिप अनियन्त्रित भई पसलभित्र छिरेको हो । चन्द्रतारा पोल्ट्री फर्मका सञ्चालक गौतम सिकारु भएको र चालक हुँदाहुँदै आफैंले चलाउनु गम्भीर लापरबाही भएको स्थानीयको आरोप छ । ‘यत्रो बस्ती भएको ठाउँमा सिक्नु नै महामूर्खता हो,’ वडाध्यक्ष कृष्ण शर्मा लामिछानेले भने, ‘लाइसेन्स नभएकालाई सवारी चलाउन कडाइँ गर्नुपर्छ ।’कान्तिपुर दैनिकमा, समाचार छ