गुल्मीका एक युवकको शव बसको छतमा भेटियो

✍ प्रदिप ढकाल    1 year ago

काठमाडौं, साउन १७ – गुल्मीका एक युवकको बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ ।गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव बसको छतमा भेटिएको हो ।


पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्यारइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीकोले जनाएको छ ।