कक्षा १२ को नतिजा आज सोमवार सार्वजनिक हुने

✍ प्रदिप ढकाल    1 year ago

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाएको छ ।


बोर्ड एक अधिकारीका अनुसार आइतबार प्राविधिक सहितको उपस्थितिमा नतिजाको सुद्धता परीक्षण गरिएको छ । सो नतिजामा कुनै त्रुटि नभेटिएपछि सोमबार नतिजा प्रकाशित गरिने भएको हो ।

यसवर्ष  पनि सबै संकायको नतिजा एकैपटक सार्वजनिक गरिने भएको छ । सबै संकायको नतिजा नतिजा एकै पटक प्रकाशित गर्न लागिएको यो दोस्रो पटक हो । यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

नतिजा कसरी हेर्ने ?

नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।

ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।

उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाई आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।