गुल्मीको छापचौरमा पहिरोले घर बगाउँदा एक बालकको मृत्यु, ५ घाईते

✍ प्रदिप ढकाल    1 year ago

साउन १२,काठ्माडौँ गुल्मीमा सत्यवति गाउँपालिकाको दुःखद घटना सेलाउन नपाउदै छिमेकी कालीगण्डकी गाउँपालिका ७ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्युु भएको छ । घटनामा पाँच जना घाइते भएका छन ।


आज राती परेको अविरल बर्षाले वडा नम्बर ७ छापचौरका विष्णु परियारको घर पहिरोले बगाउँदा १३ बर्षका छोरा चुन्ने परियारको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपक कुमार वस्नेतले जानकारी धरातल अनलाईनलाई दिए । घटनास्थल अहिले पुर्तिघाट प्रहरी चौकी र भुर्तुङ प्रहरी चौकिको प्रहरीको टोलि उद्वारमा खटिएको छ ।
उद्वारका लागि जिल्लाबाट डिएसपी मीन वहादुर घलेको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ लागेको एसपी  वस्नेतले जानकारी दिए । अन्य विवरण आउन बाँकी छ ।