जोशीलाई पेसी नतोक्ने नवनियुक्त प्रधानन्यायाधीश जबराको घोषणा

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौँ — नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई बुधबारदेखि मुद्दामा पेसी नतोक्ने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उनले आजदेखि जोशीलाई मुद्दा नतोक्ने घोषणा गरेका हुन् ।

उनले बुधबार पत्रकार सम्मेलनमा भने, ‘न्यायालयको जनआस्थालाई माथि उठाउनका लागि मैले जोशीलाई पेसी नतोक्ने कठोर निर्णय लिएको हुँ ।’ यसअघि वरिष्ठतम न्यायाधीश जोशी प्रधानन्यायाधीशका लागि गत जेठ २९ गते संवैधानिक परिषद्को सिफारिशमा परे पनि संसदीय सुनुवाइबाट अस्वीकृत थिए ।
मङ्गलबार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्मतले राणाको नाम अनुमोदन भई आजै नियुक्त भई शपथ लिएर पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलन आयोजना गरेका थिए ।