महानगरीय प्रहरी वृत्त गौशालाका दुई सई घूससहित पक्राउ

✍ प्रदिप ढकाल    1 year ago

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त गौशालाका दुई सईलाई घूससहित पक्राउ गरेको छ । सईद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई सेवाग्राहीसित लिएको १८ हजार रुपैयाँसहित समातेको अख्तियारले जनाएको छ ।


अख्तियारका अनुसार उनीहरूले वृत्तमा रहेको सार्वजनिक मुद्दा चाँडै मिलाइदिन्छु भनी घूस लिएका थिए ।

उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले उल्लेख गरेको छ । यो समाचार कान्तिपुर दैनिक बाट निकालिएको हो




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल