स्टोक्सले ‘ओभर थ्रो’को ४ रन नदिन आग्रह गरेको खुलासा

✍ प्रदिप ढकाल    1 year ago

इङल्याण्ड टेस्ट क्रिकेट टिमका स्टोक्सका ‘टिममेट’ जेम्स एण्डरसनले खुलासा गरेका छन् कि, स्टोक्सले चार रन दिने निर्णय फिर्ता लिन अम्पाएरसँग आग्रह गरेका थिए । भूइमा घोप्टो परेर लडेको अवस्थामा स्टोक्सको ब्याटमा बल ठोकिएर ‘बाउन्ड्री’ छुन पुगेको थियो । उठेपछि यो कुरा थाहा पाएका स्टोक्सले दुवै हात फैलाएर मैदानमै आफ्नो गल्ती नभएको भन्दै क्षमाको भाव प्रकट गरेका थिए ।


‘क्रिकेटको शिष्टाचारअनुसार थ्रो गरेको बल जब स्टम्पनजिक आउँछ र खेलाडीसँग ठोक्किएर खाली स्थानमा जान्छ, त्यसबेला अतिरिक्त रनका लागि दौडिनु हुँदैन । तर बल बाउन्ड्रीतिर जान्छ, क्रिकेटको नियमअनुसार त्यो चार रन हो । तपाई त्यस्तोमा केही गर्न सक्नु हुँदैन । जबकि, स्टोक्सले त अम्याएरहरुसँग गएर भने– के तपाईहरु त्यो चार रन फिर्ता लिन सक्नुहुन्छ ? हामीलाई त्यो चाहिँदैन,’ एण्डरसनलाई उद्धृत गर्दै सिड्नी मोर्निङ हेराल्डले छापेको समाचारमा छ ।