बेपत्ता नागरिक सार्वजनिक गर्न भन्दै माईती घरमा दीप प्रजोलन

✍ बिप्लब पोख्रेल    1 year ago

२०५९ असार २९ गते स्याङ्जा तत्कालीन पक्वादि–४ हालको गलाङ्गका जानकी माध्यामिक विद्यालयका नेपाली शिक्षक हरिप्रसाद खनाल तत्कालीन एकीकृत सुरक्षा फौजको नेतृत्वकर्ता बाट घरमा बसिरहेको अबस्थामा बिहान पौने ६ वजेतिर बेपत्ता पारिएका नागरिक हुन ।  देशका नागरिकको अभिभावक राज्यकै सुरक्षा अङ्ग सशस्त्र प्रहरीले कब्जामा लिएको अवस्थामा सर्व–साधारण गायब हुनु र देश भीषण युद्व अहिंसाको  चपेटालाइ पार गर्दै निरंकूश राजतन्त्र समेतलाई विदा गरेर गणतान्त्रिक पद्दतिमा प्रवेश भएको सेना प्रहरी र सुरक्षा अङ्गलाई गणतान्त्रिक र लोकतान्त्रिक संरचनामा रुपान्तरण गर्ने अभ्यास र कार्यान्वयन चरणमा समेत १७ वर्ष पार हुदा जनयुद्वकालीन राजनीतिक शक्तिहरु सत्तामा पुगिसकेको अवस्थामा पनि राज्यबाट बेपत्ता नागरिक बारे सरकार बेखबर हुनु अत्यन्त  दुखद र पिडादायी रहेको छ ।    हाम्रा आदरणीय अभिभावक हरिप्रसाद खनाल झै नेपाल राज्य भित्र बाट बेपत्ता पारिएका अज्ञात नागरिकहरुबारे सरकार जिम्मेवार बनोस र राज्य वा विद्रोही पक्षबाट जुन जे अबस्थामा अपहरण, हत्या, हिंसा र मानसिक विक्षिप्तता साथ बेपत्ता पारियो त्यसको यथार्थ अवस्था आम जनता समक्ष सार्वजनिक गरियोस र अपराधीलाई कानुनी दायरामा ल्याइयोस भन्ने जोडदार माग गर्दछौ


देशका तमाम सचेत नागरिकहरु शिक्षक, प्रध्यापक, प्रशासक राजनीतिज्ञ पार्टी कार्यकर्ता, सुरक्षाकर्मी, न्यायकर्मी, सञ्चारकर्मी, लेखक, साहित्यकार, पत्रकार, संगीतकार, नाट्यकर्मी सिनेमाकर्मी सबै ले आ–आफ्नो क्षेत्रबाट बेपत्ता पारिएका नागरिकका पारिवारिक सदस्यहरुका पिडा र आत्मा ताडनालाई आत्मासात गरी सहयोगी हुनु संवेदनशीलता साथ राज्य सरकारलाई जवाफदेही तुल्याउन अग्रसर हुन समेत हार्दिक आव्हान गर्दछौं ।अन्तमा हामी सार्वभौम गणतान्त्रिक नागरिक हौ र हाम्रा तिनै अज्ञात हुन पुगेका राज्य र सरकारबाट बेपत्ता पारिरहेका सचेत नागरिकहरुकै त्याग र बलिदानमा आजको  सत्ता र शक्ति प्राप्त भएको हो भन्ने कुरा नभुलौ । जोडदार आवाज साथ स्मरण गराउन चाहन्छौं ।