वीर र प्रसूति अस्पतालका नयाँ भवन तयार

✍ बिप्लब पोख्रेल    1 year ago

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्र्रसूति तथा स्त्रीरोग अस्पतालको पुनर्निर्माण सम्पन्न भएको छ । ०७२ वैशाखको भूकम्पबाट क्षति भएका ठूला दुई अस्पतालको मुख्य भवनको पुनर्निर्माण तीन वर्षपछि सम्पन्न भएको हो ।


भवन निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले प्राविधिक तथा आर्थिक सहयोग गरेका हुन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संयुक्त रूपमा भवनको उद्घाटन गरे । पुनर्निर्माण गरिएको प्रसूतिगृहमा १८२ शय्या छन् भने वीर अस्पतालमा ९४ शय्या छन् । यी दुईवटा भवनको लागत दुई अर्ब ३६ करोड रुपैयाँ छ ।

प्रधानमन्त्री ओलीले भूकम्पपछि दुई ठूला अत्याधुनिक भवन निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गरे । उनले भने, ‘पुनर्निर्माणपछि बनेको अत्याधुनिक र सुविधासम्पन्न भवनबाट प्रसूतिगृहले पु-याउने सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छु । अझ राम्रो र बलियो भन्ने पुनर्निर्माणको मुख्य अवधारणाअनुसार अत्याधुनिक र सुरक्षित भवन बनेको छ ।’

उपप्रधानमन्त्री यादवले अत्याधुनिक शैलीमा पुनर्निर्माण गरिएकाले महिला र बालबालिकाले थप गुणस्तरीय सेवा पाउने दाबी गरे । ०७२ सालको भूकम्पबाट ११ सय ९७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेकामा ६ सय ४३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ वटामा पुनर्निर्माण जारी छ ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल