यौन, युवा र उर्जाः सम्भोगदेखि समाधीतर्फ

✍ बिप्लब पोख्रेल    1 year ago

एक्काइसौं शताब्दीका विचारक ओशो रजनीश (चन्द्र मोहन जोशी) को जन्म ११ डिसम्बर १९३९मा भएको थियो । आफ्नो जीवनकालमा उनलाई विवादास्पद रहस्यदर्शी, गुरु र आध्यात्मिक शिक्षकका रुपमा हेरियो । उनले मानव जीवनको कामुताबारे खुलेर आफ्नो राय व्यक्त गरेकै कारण उनलाई ‘सेक्स गुरु’को संज्ञा पनि दिइयो । ओशोले ‘संभोगदेखि समाधीतर्फ’ को विचार व्यक्त गरे । अश्लिलता, कामुकता तथा युवाहरुलाई लिएर उनीबारे लामो समयसम्म एक किसिमको बहस समेत चलेको थियो ।


ओशो भन्छन्, ‘म युवाहरुलाई भन्न चाहन्छु तिमी जुन संसार बनाउनमा संलग्न छौ, त्यसमा यौन सम्बन्धलाई कहिल्यै वर्जित नगर्नु । अन्यथा, मानिसहरु झन् झन् कामुक हुँदै जान्छन् । धेरैलाई मेरो कुरा उल्टो लाग्नसक्छ । पत्रपत्रिका तथा नेताहरुले पनि ठूल्ठूलो घोषणा गर्लान् कि  म कामुकताको प्रचार गर्छु  ।’

वास्तविकता त यति मात्र हो कि म मानिसहरुलाई कामवासनाबाट मुक्त गर्न चाहन्छु । प्रचार त उनीहरुले गरिरहेका छन् । तर उनीहरुले गरेको प्रचार कसैले देख्दैनन् । किनकी उनीहरुको हजारौ वर्षदेखिको परम्परा सुन्दा सुन्दा हामी अन्धो र बहिरो भइसकेका छौ ।

उनीहरुले के भनिरहेका छन् मात्र हाम्रो ख्याल रह्यो ।

मनको सूत्र, मनको विज्ञान

मनको सुत्र, मनको विज्ञानको हामीलाई कहिल्यै बोध नै भएन की उनीहरु के भन्न खोजिरहेका छन् । हामीलाई के गराईरहेका छन् । त्यसैले, आज जति पनि कामुक व्यक्ति हाम्रो समाजमा छन्, त्यति कामुक व्यक्ति संसारको अन्य कुनै कुनामा छैनन् ।

एक पटक ओशो आˆना शिष्यको प्रश्नको जवाफ दिइरहेका थिए । उनले भने, ‘भर्खरै म एउटा गाउँमा थिए । केही विचारक तथा साधुसन्त मिलेर त्यहाँ अस्लील पोस्टर विरोधी सम्मेलन गरिरहेका थिए । उनीहरुको सोचाई छ,  भित्तामा अस्लील पोस्टर लगाइन्छ, त्यसैले मासिनहरु कामवासनाबाट दिक्क हुन्छन् ।

जबकी अवस्था भने फरक छ । मानिसहरु कामवासनाबाट दिक्क छन् । त्यसैले, पोस्टरको बेग्लै मज्जा छ । आखिर, यो पोस्टर कसले हेर्छ ? पोस्टर हेर्न को जान्छ ?

पोस्टर हेर्न त्यही व्यक्तिमात्र जान्छन्, जसले स्त्री-पुरुषको शरीर देखेका छैनन् । जसले कहिल्यै पनि शरीरको सौन्दर्य देखेका छैनन्, जसले शरीरको सहजताको अनुभव गरेका छैनन् ।

पोस्टरहरु यिनै गुरुको कृपाले लगाइएको हुन्छ किनकी यिनीहरु स्त्री-पुरुषलाई भेट्न दिदैनन् । नजिक बस्न दिदैनन् । जसले गर्दा मानिसहरु फोहोरी किताब पढ्न, फोहर तस्वीर हेर्न तथा फोेहोरी फिल्म बनाउन बाध्य छन् । यस्ता फिल्म आफै उत्पत्ति पनि हुँदैन । यो भनेको मानिसको आवश्यकता हो ।

त्यसैले, प्रश्न यो हैन कि मानिसहरु फोहर फिल्म किन हेर्छन् ? प्रश्न यो हो कि मानिसको आवश्यकता के हो ? यस्ता किनकी यो पोस्टर  सित्तैमा कसैले पनि लगाउँदैन । यसको पनि उपयोगिता छ । मानिसहरु यसलाई हेर्ने तयार छन् । बजारमा यसको माग छ  ।

यो माग कसरी पैदा भयो त ? त्यसलाई हामीले पैदा गर्‍यौंै । स्त्री-पुरुषलाई एक अर्काबाट टाढा राखेर हामीले त्यसको माग पैदा गर्‍यौं । त्यो मागलाई पूरा गर्न कुनै व्यक्ति जान्छ, हामीलाई लाग्छ, गलत भईरहेको छ । त्यसैले, बाधा खडा गरिन्छ । किनकी उसको बाटोमा जति धेरै अवरोध खडा भयो, आˆनो माग पूर्तिका लागि ऊ त्यति नै धेरै नयाँ नयाँ बाटो खोज्ा थाल्छ । किनकी मागले पूर्ति त खोज्छ ।

को हो अश्लिल ? 

मेरा एक मित्र बेलायतको एक मेडिकल कन्फरेन्समा भाग लिन गएका थिए । व्हाइट पार्कमा उनको सभा हुने गथ्र्यो । करिब पाँच सय चिकित्सकहरु त्यसमा सहभागी थिए । कुराकानी हुन्थ्यो । खानपिन हुन्थ्यो ।

तर, नजिकैको एक बेञ्चमा एक जोडी युवा युवती अंगालो मारेर प्रेममा अत्यन्त लीन भई आँखा चिम्लिएर बसिरहेका थिए । उनीहरुको प्राणमा बेचैनी बढ्न थाल्यो ।

अब कुनै पनि घटना भएमा भारतीयहरुलाई ताकझाक गर्नु त पर्छ नै । त्यसैले, अब उनको पनि मन खानामा त रहेन । चर्चामा पनि उनको खासै रस बसेन । उनको आँखा बारबार त्यही बेञ्चमा पुग्थ्यो । उनी बारम्बार त्यही बेञ्चलाई हेर्थे ।

यहाँको पुलिसले के हेरिरहेको छ ? पुलिसहरु यस्ता कुरा किन बन्द गर्दैनन् ? यो कस्तो अश्लील देश रहेछ ? पाँच सय मानिसको बीचमा बसेर यिनीहरु आँखा बन्द गरेर पे्रममा लिप्त भएका छन् । प्रेम प्रकट गरिरहेका छन् । , आखिर यिनीहरु कस्ता मानिसहरु हुन् ? यस्तो असहनीय छ । पुलिस के गर्दै छ भन्दै उनी त्यही हेर्थे ।

छेउकै एक अष्ट्रेलियन डाक्टरले उनलाई हातले इशारा गरे र भने, बारम्बार नहेर्नुहोस् । अन्यथा, पुलिस आएर तपाईलाई यहाँबाट हिएर हिँड्छ ।

यो अनैतिक हो । यो दुई व्यक्तिको निजी जिन्दगीको कुरा हो । र, यी दुवै व्यक्ति यसकारण पाँच सय मानिसको भीडमा शान्तीले बसिरहेका छन् कि उनीहरुलाई थाहा छ यहाँ सज्जन मानिसहरु जमघट गरिरहेका छन् । त्यसैले, कसैले हेर्दैन । हेर्नुको कुनै प्रयोजन पनि छैन । त्यसैले , यो हेर्नु गैरजिम्मेवारीपूर्ण छ,  अशोभनीय छ र निकै अशिष्ट छ । यो राम्रो व्यक्ति निसानी हैन ।

तपाईले पाँच सय व्यक्तिलाई देख्नु भएको छ, कसैले पनि चासो दिएका छैनन् । कसैलाई चासो राख्न जरुरी पनि छैन । किनकी यो उनीहरुको आˆनो कुरा हो ।  फेरी दुई व्यक्तिले यो उमेरमा एक अर्कालाई प्रेम गर्छन् भने पाप लाग्ने कुरा नै के छ ? र, यदी उनीहरुमा प्रेममा आँखा बन्द गरेर नजिक बस्छन् भने यसमा समस्या नै के छ ।

तपाइलाईर् किन समस्या भइरहेको छ ?  न तपाईलाई कसैले अंगालो मारेको छ, न त कसैले तपाईलाई प्रेम गरिरहेको छ ।

त्यहाँबाट फर्केर मेरो मित्रले भने, म यति धेरै त्रसित भए की मलाई लाग्यो यी कस्ता व्यक्ति हुन्  । पछि विस्तारै विस्तारै उनले पनि बुझ्दै गए की गलत उनी नै थिए । हाम्रो देश नै एक अर्काको ताकझाक गर्नमा तल्लिन छन् कि कसले के गर्‍यो, कसको घरमा को गयो इत्यादी ।

यो भनेको बदमासी हो । संस्कार नभएको हो ।

जति दबाउन खोज्यो, उति उजागर हुन्छ

यो सबै यसैकारण भइरहेको छ कि मानिसहरुले यस्ता कुरालाई जति धेरै दवाउने प्रयत्न गर्छन्, यो त्यति नै धेरै उजागर हुन्छ । म युवाहरुलाई भन्न चाहुन्छ, तिम्रो मातापिता, पुर्खा हजारौ वर्षदेखि यौन सम्बन्धबाट भयभित छन् । तिमीहरु भने यसबाट कहिल्यै भयभित नहुनु । बरु त्यसलाई बुझ्ने तथा पहिचान गर्ने प्रयास गर्नु । यसबारे बोल्नु ।

यसबारे जति पनि नयाँ खोज भएका तिमीहरु उक्त खोज पढ्नु , त्यसबारे चर्चा गर्नु र सेक्सबारे बुझ्ने प्रयास गर्नु कि के हो यसको मेकानिज्म ? यसको यन्त्र के हो ?के हो यसको प्यास ? प्राणभित्र लुकेर बसेको यसको राज ? यसलाई बुझ्ने प्रयास गर्ने ।  यसबारे टाढिएर कहिल्यै नभाग्नु । सेक्सको कुरा सुनेर कहिल्यै आँखा नचिम्लनु ।

जब तिमी बुझ्छौ, तब अचम्मित हुन्छौ कि धेरै धेरै बुझ्यो त्यति नै धेरै यसबाट मुक्त भइन्छ । र, स्वस्थ हुइन्छ । तिमी जति धेरै यसको तथ्य थाहा पाउँछौ, त्यति नै छिटो कामुकताको ‘फिक्सन’बाट तिमीलाई छुटकारा प्राप्त हुन्छ ।

उदाहरणको लागि कुनै समाजमा भोजनलाई वर्जित गरिदिने हो लुकेर खानु पर्ने अवस्था आएमा भोजनको पोस्टर तत्काल सडकमा देखिन थाल्छ । किनकी मानिसहरु पोस्टरबाट पनि तृप्ती पाउने कोशिश गर्छन् ।

पोस्टरबाट तृप्त तबमात्र भइन्छ, जब जिवनमा तृप्तीको द्धार बन्द हुन्छ ।

जुन दिन विश्वले भोजन समान यौन सम्बन्धलाई पनि स्वीकार गर्न सुरु गर्छन्, त्यस दिनबाट दुनियाँमा अस्लील पोस्ट भित्तामा लाग्न छोड्छ । अस्लील किताब छापिन बन्द हुन्छ ।

बर्जितले बर्बाद

अहिले विश्वमा जति पनि अश्लीलता, कामुकता र सेक्सुआलिटी छ, त्यो सबै वर्जितताको अन्तिम परिणाम हो ।  यो तथ्यलाई बुझ्नासाथ मानिस कथाहरुबाट मुक्त हुने छन् । र, जसले यो तथ्यलाई स्वीकार्न सक्दैनन् , उनीहरु जिवनभर कथाहरुमा रुमलिरहन्छन् ।

कयौ मानिस कामुकतातर्फ इशारा गरेर हाँस्ने गर्छन् । जबकी यस्तो काम त्यही व्यक्तिले मात्र गर्न सक्छ, जसलाई यसको मतलव नै थाहा छैन ।

बच्चाहरु त अझ बढी पिडामा छन्, किनकी उनीहरुलाई यसबारे सम्झाइदिने कसले ? कसले यसबारे बुझाईदिने ? को सित उनीहरुले कुरा राख्ने र यसको यर्थाथबारे जानकारी हासिल गर्ने ?

उनीहरुमा पनि जिज्ञासा छ, खोज छ । तर पनि उनीहरु यसलाई दवाउने प्रयास गर्छन् । रोक्ने कोशिश गर्छन् । त्यसको दुष्परिणाम हुन्छ । उनीहरु जति यसलाई रोक्ने कोशिश गर्छन्, उनीहरुको मन त्यति नै धेरै त्यसैतर्फ दौडने कोशिश गर्छ । र, त्यसलाई रोक्न र दौडनमै शरीरको सम्पूर्ण शक्ति तथा उर्जा नष्ट हुन थाल्छ ।

यौनलाई स्वस्थ्य रुपले स्विकार्नुहोस्

म तपाईंहरु समक्ष भन्न चाहन्छु कि जुन देशमा यसलाई स्वस्थ रुपले स्वीकारिदैन, उक्त देशमा प्रतिभाको जन्म हुँदैन । पश्चिममा तीस वर्षको अन्तरालमा जतिपनि जिनियस पैदा भएका छन्, जो प्रतिभा जन्मिएका छन्, उनीहरु सबै यौन सम्बन्धको तथ्यको स्वीकृतिबाट पैदा भएका छन् ।

जति छिटो यो स्वीकृत हुन्छ, त्यति नै चाँडो यो मुक्त पनि हुन्छ । त्यही दिन उक्त शक्तिलाई हामी पढ्नमा,  आविष्कार गर्न , संगीत , कला, साहित्यमा पुन रुपान्तरित गर्छौ । र, यदी उक्त शक्ति सेक्समै उल्झिरहने हो भने न त उक्त व्यक्तिले विज्ञानको खोज गर्न सक्छ, न त कुनै साहित्य नै सिर्जना गर्न सक्छ ।

हाम्रा युवाहरुमा चारैतिर सेक्स घुमिरहेको हुन्छ । जसले गर्दा उनीहरुको सम्पूर्ण शक्ति लीन तथा नष्ट हुने गर्छ । जबसम्म भारतका युवा यो रोगबाट मुक्त हुँदैनन्, तबसम्म भारतका युवाहरुमा प्रतिभाको जन्म हुँदैन ।

प्रतिभाको जन्म त त्यही दिनमात्र सम्भव छ, जुन दिन यस देशले सेक्सलाई सहज रुपमा स्वीकार्नेछ । यसलाई जीवनको एउटा तथ्यको रुपमा अंगिकार गर्नेछ- प्रेमले, मायाले । निन्दा गरेर हैन । र यसमा निन्दा गर्नुपर्ने, घृणा गर्नु पर्ने कुनै कारण पनि छैन ।