एकीकरणका लागि फोरम तयार, राजपा मौन

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौँ । संघीय समाजवादी फोरम नेपालले एकीकरणका लागि पहल गर्दै वार्ता समिति गठन गरेपनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

राजपा नेपाल अध्यक्षमण्डलको बैठक हिजो बसेको थियो । तर, बैठक फोरम नेपालले गठन गरेको वार्ता समितिको बारेमा मौन देखिएको छ । मंसिर २२ गते बसेको फोरम नेपालको केन्द्रीय समितिको बैठकले पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय वार्ता समिति गठन गरेको थियो । 

फोरम नेपालले वार्ता समिति गठन गरेपछि राजपा नेपालको हिजोको बैठक पहिलो थियो । बैठकमा फोरम नेपालसँग एकीकरणको बारेमा पनि छलफल हुने धेरैको अपेक्षा थियो । तर त्यसको बारेमा कुनै चर्चा नै भएन । 

यद्यपि, अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले फोरम नेपाल सरकारबाट फिर्ता नभएसम्म कुनै प्रकारको वार्ता नहुने धारणा सार्वजनिक गरिसकेका छन् । 

अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारी, राजकिशोर यादवले पनि समान धारणा सञ्चार माध्यममार्फत सार्वजनिक गरिसकेका छन् । 




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल