सामान्य ज्ञान १

✍ बिप्लब पोख्रेल    1 year ago

१. संघीय संसद्बाट आर्थिक वर्ष ०७६/७७ को लागि प्रस्तुत भएको बजेटमा कति प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखिएको छ ?
८.५%  (मुद्रास्फिती ६ %, कुल बजेट १५ खर्व ३२ अर्ब ९६ करोड ७१ लाख, चालूतर्फ ६२.४% र पुँजीगत तर्फ २६.९%)

२. राष्ट्रपतिद्वारा गणतन्त्र स्मारकको उद्घाटन कहिले भयो ?
०७६ जेठ १५ गते (०६९ सालमा शिलान्यास गरिएको)


 

३. एकदिवसिय पुरुष विश्वकप  क्रिकेट २०१९ कुन कुन देशमा सञ्चालन भइरहेको छ ?
इंग्ल्यान्ड र वेल्समा (सन १९७५ देखि सुरु भएको, प्रतियोगितामा १० देश सहभागी, पहिलो खेल अफ्रिका र इंग्ल्यान्डबीच भएको ।)

४. आर्थिक सर्भेक्षण ०७५/७६ अनुसार कति प्रतिशत नागरिक विद्युत्को पहुँचमा पुगेका छन् ? 
७७.८ प्रतिशत (२०७५/७६ फागुनसम्ममा कुल विद्युत् उत्पादन ११४२ मेघावाट रहेको छ ।)

५. सगरमाथा दिवस १०१९ को अवसरमा आयोजित एभरेस्ट म्याराथनको उपाधि कसले जितेका छन् ?
सुमन कुलुङ (१७औँ चरणको उक्त म्याराथनमा दोस्रो स्थान कपिलदेव बुढा र तेस्रो स्थान रामकुमार राजभण्डारीले हासिल गरेका छन् ।)

६. नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा को नियुक्त भएका छन् ?
उमेश पटवाल (भारत)

७. नेपालको छैठौँ प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन कहिले भयो ?
०७६ जेठ ८ गते(उनी सबैभन्दा लामो समय ०३३ देखि ०४२ सालसम्म नेपालको प्रधानन्यायाधीश भएका थिए ।)

८. भारतीय प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीद्वारा शपथग्रहण कहिले भयो ?
मे ३० (उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता)

९. सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा खोलिएको पहिलो प्रदेश कुन हो ?
प्रदेश ५

१०. गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कहाँ निर्माण हुँदै छ ?
रामपुर,चितवन

११. तातोपानी नाकाले कुन–कुन देशलाई जोडेको छ ?
नेपाल–चीन (०७२ को विनाशकारी भूकम्पले ध्वस्त भएको उक्त नाका ०७६ जेठ १५ देखि सञ्चालनमा आएको छ ।)

१२. नेपालको संविधानबमोजिम संसदीय सुनुवाइका लागि कति सदस्यीय समिति रहने व्यवस्था रहेको छ ?
पन्ध्र (संविधानको धारा २९२ मा संसदीय सुनुवाइसम्बन्धी व्यवस्था रहेको छ ।)

१३. विश्व सिमसार दिवस २ फेब्रअरी २०१९ को नारा के रहेको थियो ?
Wetland And Climate Change  (नेपालले सन १९९१ देखि यो दिवस मनाउँदै आएको छ ।)   

१४. वातावरणमैत्री स्थानीय शासन कति जिल्लामा सञ्चालित रहेको छ ?
११ जिल्लामा 

१५. प्रथम राष्ट्रिय महिला अधिकार दिवस ०७६ को नारा के रहेको छ ?
‘लैंगिक विभेदको अन्त्य : समृद्ध नेपालको गन्तव्य’ (हरेक वर्ष जेठ १६ मा मनाइने,०७६ जेठ ६ को निर्णय)

१६. युएनओको प्रमुख प्रशासनिक अंग कुन हो ?
सचिवालय (सचिवालयको प्रमुख महासचिव रहने व्यवस्था, हालका महासचिव एन्टोनियो गुटरेस हुन् ।)

 १७. विश्व धुम्रपानरहीत दिवस कहिले मनाइन्छ ?
३१ मे (२०१९ को नारा Tobacco And Lung Health)

१८. पानीको विद्युत् विच्छेदन गर्दा एनोडमा कुन ग्यास जम्मा हुन्छ ?
अक्सिजन 

१९. कारभोटेसमेत भनेर चिनिने ल्होमी जातिको बसोवास स्थल कुन जिल्लामा रहेको छ ?
संखुवासभा जिल्लामा

२०. विश्वको इतिहासमा क्रान्तिका पुत्र भनेर कस्लाई चिनिन्छ ?
नेपोलियन बोनापार्ट

२१. राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना कहिले भयो ?
सन १९८२

२२. प्रसिद्ध युद्ध र शान्ति पुस्तकका लेखक को हुन ?
लियो तोल्सतोय (रुसी साहित्यकार)

२३. लिच्छवीकालमा पञ्चापराधसम्बन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?
परमासन

२४. प्रसिद्ध लाटीकोइली मन्दिर कुन जिल्लामा पर्दछ ?
सुर्खेत 

२५. सबैभन्दा लामो समुन्द्री किनारा भएको देश कुन हो ?
क्यानडा