२ लाख ७५ हजार घुससहित वडाअध्यक्ष पक्राउ

✍ बिप्लब पोख्रेल    1 year ago

बाराको महागढीमाई नगरपालिका–६ वडा अध्यक्ष रामजीप्रसाद बरैले घुससहित पक्राउ परेका छन् । दुई लाख ७५ हजार रुपैयाँ घुससहित उनलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।


सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनको कम्पाउण्ड पर्खाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नु पूर्व उनले घुस मागेका थिए । मंगलबार साँझ घुस लिएलगत्तै अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । 

कलैया उपमहानगरपालिका-७ स्थित दुर्गा माध्यमिक विद्यालयको हाताबाट रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।