गृहमन्त्रालयद्वारा २६ सिडिओको सरुवा, कसलाई कहाँ ?

✍ बिप्लब पोख्रेल    1 year ago

गृह मन्त्रालयले २६ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएका छन् । गृहका अनुसार काभ्रेमा उदयबहादुर राना मगर, रुपन्देहीमा अर्जुनप्रसाद पोखरेल, कपिलवस्तुमा गजेन्द्रप्रसाद श्रेष्ठ, नुवाकोटमा द्रोण पोखरेल, सर्लाहीमा कृष्णबहादुर राउतको सिडिओका रूपमा सरुवा भएको छ । त्यस्तै, रुकुम पश्चिममा उपेन्द्रकुमार पौडेल, रोल्पामा लक्ष्मण ढकाल, रोल्पामा कल्पना घिमिरे नेपाललाई सिडिओका रूपमा खटाइएको छ ।


आठ जिल्लामा कामु सिडिओ 
सहसचिवको दरबन्दी भएका आठ जिल्लामा उपसचिवलाई कामु सिडिओको जिम्मेवारी दिएर खटाइएको छ । तनहुँमा रुद्रप्रसाद पण्डित, सिरहामा गोपालकुमार अधिकारी, डोटीमा टेकनारायण पौडेल, नवलपरासी (सुस्ता पश्चिम)मा शम्भुप्रसाद मरासनी, नवलपरासी (सुस्ता पूर्व)मा विष्णुकुमार कार्की, सिन्धुलीमा जनार्दन गौतम, उदयपुरमा ध्रुवबहादुर खड्का, गोरखामा देवेन्द्र लामिछानेलाई कामु सिडिओ तोकिएको छ ।

पछिल्लो समय गृहमा कामु सिडिओको विकृति बढ्दै गएको छ । निजामती सेवा ऐनमा ६ महिनाभन्दा लामो समय कामुका रूपमा खटाउन नपाउने प्रावधान भए पनि दर्जनभन्दा धेरै जिल्लामा कामुका रूपमा सिडिओ खटाइएको छ । मन्त्रालयमा पर्याप्त सहसचिव नभएकाले उपसचिवलाई कामु सिडिओको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ । 

हेर्नुहोस् सूची