प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रको सुनुवाई आज

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आज संसदीय सुनुवाई  हुँदैछ  । सुननुवाईमा राणाले आफूमाथि परेका उजुरीको चित्त बुझ्दो जावफ दिए आजै राणाको नाम अनुमोदन गर्ने समितिको तयारी छ । 

राणामाथि नौ वटा उजुरी परेका छन् । उजुरीकर्ताहरुसँग समितिले शुक्रबार छलफल गरिसकेको छ । 

दिउँसो २ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा सुनुवाईका लागि राणालाई समितिले बोलाइएको हो । 

सुनुवाईका क्रममा राणाविरुद्ध परेका उजुरी र उनका भावी कार्ययोजनाका विषयमा छलफल हुने संसदीय सुननुवाई समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए । 

राणालाई संबैधानिक परिषदले केही साता अघि प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।