प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई दिए रुद्राक्षको माला

✍ बिप्लब पोख्रेल    1 year ago

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् । मोदीले भारतको प्रधानमन्त्रीका रुपमा बिहीबार दोस्रोपटक सपथ लिएका हुन् ।


प्रधानमन्त्री ओली भारतीय निम्तोमा मोदीको सपथ ग्रहण समारोहमा सहभागिताका लागि बिहीबारै नयाँ दिल्ली पुगेका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले फोटोसहित ट्विट गर्दै नेपाली जनताको तर्फबाट सफलताको शुभकामनासहित प्रधानमन्त्री ओलीले शुक्रबारको भेटमा समकक्षी मोदीलाई रुद्राक्षको माला उपहार दिएको जनाएका हुन् ।