अमित शाह बने गृहमन्त्री, मोदीको दूत बनेर संविधान रोक्न नेपाल आएका जयशंकरलाई विदेश मन्त्रालय

✍ बिप्लब पोख्रेल    1 year ago

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाह गृहमन्त्री बनेका छन् । प्रधानमन्त्रीका रुपमा बिहीबार दोस्रोपटक सपथ लिएका नरेन्द्र मोदीले लोकसभा चुनावका दौरान निकट रहेर खटेका शाहलाई शुक्रबार गृह मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।


त्यसैगरी मोदीको अघिल्लो कार्यकालमा विदेश सचिव रहेका एस जयशंकरले विदेश मन्त्रालयको जिम्मेवारी पाएका छन् । जयशंकरले संविधान जारी हुनै लाग्दा त्यसमा भारतीय चासोका विषय नपरेकाले रोक्न भन्दै मोदीका दूतका रुपमा नेपाल आएर दबाव दिएका थिए ।  

मोदीको अघिल्लो कार्यकालमा गृहमन्त्री रहेका राजनाथ सिंहले रक्षा र निवर्तमान रक्षामन्त्री निर्मला सितारमनले अर्थ मन्त्रीको जिम्मेवारी पाएका छन् । निर्मला भारतको पहिलो रक्षामन्त्री हुन् । यसअघिका अर्थमन्त्री अरुण जेटलीले स्वास्थ्यको कारण देखाउँदै आफूलाई सरकारमा सहभागी नगराउन पत्र नै लेखेर प्रधानमन्त्री मोदीसँग आग्रह गरेका थिए ।