मलेसिया जाने प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने

✍ बिप्लब पोख्रेल    1 year ago

मलेसिया जान चाहने नेपाली श्रमिकको लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको छिट्टै टुंगो लाग्ने भएको छ । 

 


मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरनसँग मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भेट गरेर नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोटका सम्बन्धमा चाँडै निकास निकालिने जानकारी दिएका हुन् । 

राजदूत पाण्डेले गोरखापत्रसँग कुरा गर्दै मलेसियाका मानव संसाधन मन्त्री कुलासेसँगको भेटका क्रममा नेपाल र मेलेसिया सरकारबीच भएको द्विपक्षीय श्रम सम्झदारीअन्तर्गत रही सुरक्षा गर्न थप उपायबारे पनि छलफल भएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।