२५ युवतीमध्ये को बन्ला ‘प्रेम गीत–३’ की नायिका ?

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाण्डौ –  ‘प्रेम गीत ३’ चलचित्रको नायिका बन्न २५ जना युवती ‘शर्टलिस्ट’मा परेका छन् ।


‘आशुसेन फिल्मस प्रोडक्सन’ले निर्माण गर्ने चलचित्रका लागि ‘गीत’को भूमिकाका लागि खुल्ला प्रतिस्पर्धाबाट नायिका छान्न आवेदन आह्वान गरिएको थियो ।

जसमा देशभरबाट २ हजार ७ सय १४ जनाले आवेदन हालेका थिए । 

त्यसमध्येबाट उत्कृष्ट २५ जना युवती अडिसनका लागि छनौट गरिएको निर्माता सन्तोष सेनले जानकारी दिए । २५ जनामध्ये उत्कृष्ट एक जना युवतीले नायक प्रदीप खड्कासँग प्रेमगीत ३ मा अभिनय गर्नेछिन् ।

छेतेन गुरुङ र निर्माता सेनले सयुंक्त रुपमा निर्देशन गर्ने यो चलचित्र आउँदो चैत २८ गते रिलिज हुनेछ ।