मानव मस्तिष्कबारे रोचक तथ्य

✍ बिप्लब पोख्रेल    1 year ago

मानव मस्तिष्कको तौल तीन पाउन्ड हुन्छ । यसमा ६० प्रतिशत मोटोपन हुन्छ । मानव शरीरमा सबैभन्दा धेरै मोटाउने अंगमध्ये मस्तिष्क एक हो । मानिस निद्राबाट बिउँझिँदा मस्तिष्कले करिब २३ वटा शक्ति उत्पन्न गरेको हुन्छ । हाम्रो शरीरमा चाहिने रगत र अक्सिजनमध्येको करिब २० प्रतिशत मात्रा मस्तिष्कमा खपत हुन्छ ।


 मस्तिष्कमा रक्तसञ्चार रोकिएको १० सेकेन्डमा मानिसले होस गुमाउँछ । मस्तिष्कमा अक्सिजन रोकिएको ५ देखि ६ मिनेटसम्म पनि मस्तिष्कले काम गर्न सक्छ । मस्तिष्कमा रहेका रक्तनलीको लम्बाइ एक लाख माइल हुन्छ । मानव मस्तिष्कमा सय बिलियन न्युरोन्स हुन्छन् । प्रारम्भिक गर्भावस्थामा न्युरोन्स प्रतिमिनेट करिब अढाई लाखका दरले वृद्धि हुन्छ ।