हिडेर पुल तर्दापिच्छे १५ रुपैयाँको टिकट

✍ Admin    2 years ago


धनगढी । जम्मा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ । जनता सजिलै आवतजावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको स्रोत बनाएको छ ।

स्थानीय जनताले प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ ।

पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको छ । 

पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वर्षीक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको छ। गाउँपालिकाभित्र पर्ने मोहना, निमुवाबोझी, खोनपुर, गोबरैला र मोहनपुर गरी चार घाटमा गाउँपालिकामार्फत काठेपुल बनाइएका छन्।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।