सगरमाथा आहोरण गर्ने साउदी महिला सम्मानीत

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौँ — साउदी अरवस्थित नेपाली दूतावासले सगरमाथा आहोरण गर्ने साउदी महिला रहा मोर्हारकलाई सम्मान गरेको छ । 
दूतावासले नेपालको पर्यटन प्रर्बधन गर्न रियादमा आयोजित कार्यक्रममा उनीलाई सम्मान गरिएको हो। मोर्हारकले नेपालको प्राकृतिक सौन्दर्यातबाट आफू निकै मोहित भएको बताइन्। ‘नेपाल र नेपालीले पर्यटकलाई गर्ने आतिथ्यलाई मलाई निकै छोएको छ,’ उनले भनिन्। उनले सगरमाथा चढ्दाको अनुभव आफ्नो समुदायसँग साट्न पाउनु निकै आनन्दायी रहेको बताइन्। ‘सगरमाथाको अनुभव निकै गौरवशाली छ,’ उनले भनिन, ‘संसारको सबैभन्दा अग्लो चुचुरोमा पाइला टेक्न पाउने विषय चानचुने होइन।’

कार्यक्रममा साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले सरकारले २०२० लाई पर्यटन वर्षको लागि मनाउन गइरहेको विषय जानकारी गराएको थियो। कार्यक्रममा साउदी नागरीकलाई लक्षित गरी आयोजना गरिएको थियो।
कार्यक्रममा साउदीको परराष्ट्र मन्त्रालयका एसियन देश बिभागका उपमहानिर्देशक अद्नान अब्दुर रहिम वमागोस्, सुरा काउन्सीलका सदस्य, उच्च सरकारी अधिकृत, ब्यापारी लगायतको सहभागिता थियो।
कार्यक्रममा अरबिक र अंग्रेजी भाषामा रहेको पर्यटन सम्बन्धी सामग्रीहरु वितरण गरिएको थियो।