मस्तिष्क र शरीरको सुन्दरता

✍ बिप्लब पोख्रेल    1 year ago

संस्कृत साहित्यका महाकवि कालिदास राजा विक्रमादित्यका प्रमुख सभापण्डित थिए । राजाले उनलाई अनेक प्रश्न सोधिरहन्थे भने कालिदास पनि आफूले जानेबुझेजति तर्कसंगत उत्तर दिएर राजालाई सन्तुष्ट बनाउने गर्थे । उनको उत्तर दिने शैली राजालाई असाध्यै मन पथ्र्यो भने बाँकी सभापण्डितचाहिँ उनको तार्किकता, विद्वत्ता र प्रत्युत्पन्न मतिको भित्रभित्रै ईष्र्या गर्थे ।

एक दिन राजा विक्रमादित्यले कालिदाससित प्रश्न गरे-कविज्यू, तपाईं असाध्यै विद्वान् हुनुहुन्छ, तर तपाईंको शरीर भने बुद्धिजस्तो सुन्दर छैन । यसको कारण के हो ? के हामी थाहा पाउन सक्छौँ ? राजाको प्रश्न सुनेपछि कालिदासले तत्काल कुनै प्रतिक्रिया या जवाफ दिएनन् । उनले यताउताका कुरा गरेर राजाको जिज्ञासालाई त्यत्तिकै अल्झाइदिए ।  

एक दिन राजाले आफ्ना सेवकलाई पिउने पानी ल्याउने आदेश दिए । राजाको आदेश पाउनासाथ पानी लिन गएको सेवकलाई कालिदासले इसारा गरेर एउटा चाँदीको र अर्को माटाको गिलासमा पानी ल्याउन लगाए । सेवकले कालिदासको इसाराअनुसार नै पानी ल्यायो । त्यसरी पानी ल्याएको देखेर राजा छक्क परे । उनले केही बोल्नुअघि नै कालिदासले भने– महाराज, हजुरका लागि मैले नै विशेष अनुरोध गरेर दुई अलग–अलग गिलासमा पानी ल्याउन लगाएको हुँ । हजुर दुवै गिलासको पानी पिउनुहोस् महाराज ! राजाले पनि कालिदासको अनुरोधअनुसार दुवै गिलासको पानी पिए । केही समयपछि कालिदासले विनम्रतापूर्वक राजासित प्रश्न गरे– महाराज, यी दुईमध्ये कुनचाहिँ गिलासको पानी हजुरलाई बढी शीतल लाग्यो ? राजाले सरलतापूर्वक जवाफ दिए- पक्कै पनि माटाको गिलासको पानी बढ्ता शीतल र केही हदसम्म मिठो पनि थियो । 

राजाको जवाफ सुनेपछि कालिदासले हल्का मुस्कुराउँदै भने– महाराज जसरी पानीको शीतलता गिलासको सुन्दरतामा निर्भर हुँदैन, त्यसैगरी मान्छेको बुद्धिको सुन्दरता पनि उसको शरीरको सुन्दरतामा निर्भर हुँदैन । राजाले आफूले केही दिनअघि गरेको प्रश्नको तार्किक जवाफ पाए ।

                                                                                                                      महाकवि कालिदास