फेवातालमा डरलाग्दो छाल, ५० भन्दा बढी डुंगा डुबे

✍ बिप्लब पोख्रेल    1 year ago

लेखनाथ — समुद्री किनारको झल्को दिने गरी आइतबार फेवातालमा डरलाग्दो छाल आएको छ ।

 

चर्को हावाहुरीले ल्याएको छालमा ५० बढी यात्रुरहित डुंगा डुबेका छन् । ताल किनारमा पार्किङ गरी राखिएका डुंगा डुबेका हुन् । तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए ।


बाराहीघाटमा रहेको रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले उनीहरुको उद्धार गरे। हावाहुरी कम भएपछि डुंगा चालक आफ्ना डुबेका डुंगा निकाल्न खटिए।