बेपत्ता बालकको शव दुई दिनपछि फेला

✍ बिप्लब पोख्रेल    1 year ago

दुई दिनदेखि सेती नदीमा बेपत्ता भएका बालकको शव फेला परेको छ । 


 जयपृथ्वी नगरपालिका ६ का लोेकेन्द्र बुढाका ६ वर्षीय छोरा अशोक बुढाको शव छबिस पाथिभेरा गाउँपालिकाको भाँडेबगरमा शुक्रबार फेला परेको हो ।

उनी सुनिपिपल चौर माध्यामिक सुबेडामा १ कक्षामा अध्ययनरत थिए । मंगलबार लुयाँटाको गोठाली खेल (सुवेडा-लुयाँटा जोड्ने पुल) सेती नदीको छेउमा हिँड्दै गर्दा चप्पल चिप्लेर नदीमा खसेर बेपत्ता भएका थिए । 




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल