बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु

✍ बिप्लब पोख्रेल    1 year ago

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राती चैनपुरबाट धामीलेक जाने क्रममा जयपृथ्वी नगरपालिका-११ को धामीलेकमा से १ ज ७७६ नम्बरको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको हो ।


जिप दुर्घटनामा परी जयपृथ्वी नगरपालीका-११ स्थायी घर भएकी २८ वर्षीया भगवती देवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिप चालक फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।