परराष्ट्रमा ‘ब्रेन गेन सेन्टर’

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौं — विभिन्न कारणले विदेश पलायन भए पनि मातृभूमिका लागि योगदान पुर्‍याइरहेका नेपालीको मिहिनेत तथा उपलब्धिको अभिलेख राख्न परराष्ट्र मन्त्रालयले ब्रेन गेन सेन्टर स्थापना गरेको छ  ।


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशस्थित सम्पूर्ण कूटनीतिक नियोग तथा गैरआवासीय नेपाली संघसमेतलाई पठाएको जानकारीमा ‘विदेशी भूमिमा रहेका नेपालीका सम्बन्धमा आफ्नो रुचि र विज्ञताका आधारमा सूचना अद्यावधिक गर्न सुविधा उपलब्ध गराउने’ भनिएको छ ।

‘ज्ञानको बजारमा भएको द्रुत विश्वव्यापीकरण र शिक्षित नेपालीको उच्च प्रतिस्पर्धी क्षमताजस्ता कारणले गर्दा नेपालले गएको केही दशकमा बढदो ज्ञान पलायन गरेको महसुस गरेको छ,’ मन्त्री ज्ञवालीले जारी गरेको विज्ञप्तिमा छ, ‘यसले बृहत् नेपाली समाजलाई केही लाभ पैदा गर्ने भए पनि मुलुकमा आवश्यक मानव पुँजीको परिपूर्तिमा कठिनाइ भइरहेको छ ।’