सरकारको निर्णय स्विकार्छौं : एनआरएनए

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ — बालुवाटारमा झन्डै ३ रोपनी जग्गा खरिद गरेर केन्द्रीय कार्यालय भवन बनाइसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले यस विषयमा सरकारको अन्तिम निर्णय नआएसम्म आधिकारिक धारणा सार्वजनिक नगर्ने बताएको छ ।


एनआरएनए अध्यक्ष भवन भट्टको अध्यक्षतामा अन्तर्राष्ट्रिय समन्वय समितिको आइतबार बिहान बसेको अनौपचारिक साइबर बैठक ‘उक्त जग्गा सरकारकै सहमतिमा कानुनसम्मत प्रक्रियामा खरिद गरिएको उल्लेख गर्दै सरकारी अन्तिम निर्णयलाई मान्ने निष्कर्षमा पुगेको हो । साइबर बैठकले सरकारको अन्तिम निर्णय एनआरएनएकै पक्षमा आउनेसमेत विश्वास व्यक्त गरेको छ । बालुवाटार क्षेत्रको सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै एनआरएनएका तत्कालीन अध्यक्ष शेष घलेसहितका पदाधिकारीले जबर्जस्ती खरिद प्रक्रिया अघि बढाएका थिए । ३ रोपनी जग्गा १२ करोड रुपैयाँमा खरिद गरिएको थियो ।