राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा साझा विवेकशील संयोजक मिश्रको आपत्ति

✍ बिप्लब पोख्रेल    1 year ago

साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार भनेकोमा आपत्ति जनाएका छन् । 


 

मिश्रले ट्विट गर्दै भनेका छन्, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैर-जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ छ। यो राष्ट्रपतिको सरकार होइन। नेपाली जनताको सरकार हो । संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको उल्लेख छ।’




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल