सासु र श्रीमान मिलेर थप दाइजो नल्याएको भन्दै मनिषाको घाँटी थिचेर हत्या

✍ बिप्लब पोख्रेल    1 year ago

सिरहा – सिरहा नगरपालिका–१४ खिरौनामा फेरि दाइजोको निहुँमा एक महिलाको हत्या भएको छ । बिहीबार राति लगभग साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् ।


गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने  रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् । 

केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम यातना दियको  मनिषाको बाबु रघुनाथ मण्डलले बताए ।